अस्पतालका लागि बनाइएको भवनमा चर्च चलाएपछि धनगढी उपमहानगरको डोजर

धनगढी : धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मनेहरामा अस्पताल भन्दै चर्च चलाउने लेट मेइन धनगढी र नेपाल लाइफ वर्ड मिसनले निमार्ण गरेका भवनमा उपमहानगरले डोजर चलाइएको छ।

नगरपालिकाले अवैध तरिकाले निमार्ण गरेको संरचनाहरूमा मंगलबार डोजर चलाएर भत्काएको हो।
मापदण्डविपरीत बनाइएको संरचना भत्काएको नगरपालिकाले जनाएको छ।

Dengue

यस्तै, सोमबार ७ नम्बर वडा कार्यालयले लेट मेइन धनगढी प्रालि र नेपाल लाइफ वर्ड मिसनको दर्ता खारेजी गरेको थियो। लेट मेइन धनगढी प्रालिले २०८० साउन २२ गते वडा कार्यालयमा सीपमूलक तालिम तथा परामर्श सेवा सञ्चालन गर्ने प्रयोजन राखी वडा कार्यालयमा व्यवसाय दर्ता गराएको थियो।

यस्तै, नेपाल लाइफ वर्ड मिसनले २०८१ वैशाख १६ गते सेमिनार, तालिम आदि सञ्चालन गर्ने प्रयोजनका लागि वडामा व्यवसाय दर्ता गराएको थियो।

तर सो जग्गामा दुई करोडको लागतमा दुई तले चर्च निर्माण गरिएको पाइएपछि दर्ता खारेज गरिएको हो। यस अगाडि सो कार्यमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार