केरला राज्यमा पहिरोमा परी १९ जनाको मृत्यु

एजेन्सी : भारतको केरला राज्यमा पहिरोमा परी १९ जनाको मृत्यु भएको छ । एक सयभन्दा बढी बेपत्ता भएका छन् भने पहिरोमा परेका १६ जनाको उद्धार गरिएको छ ।

वायनाड जिल्लाको मेपड्डीमा गएराति पटक–पटक पहिरो गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । पहिरोपछि वायु सेनाका दुई हेलिकोप्टरसहित उद्धार र राहत टोली परिचालन भएको छ ।

Dengue

उद्धारमा दुई सयभन्दा धेरै सुरक्षाकर्मी परिचालित छन् । मेपड्डीका पहाडी क्षेत्रमा केही दिनदेखि परिरहेको ठूलो वर्षाका कारण पहिरो गएको हो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार