कैलालीको चिसापानीबाट लोकेन्द्रको अ’पह’रण, एक आरोपित पक्राउ चार फरार

धनगढी : कैलालीको चिसापानीबाट एक जनाको अपहरण गरिएको छ। जिल्लाको मोहन्याल गाउँपालिका–७ पितमारी क्षेत्रबाट दाउरा बोकेको गाडीका सह–चालक लोकेन्द्र चौधरीको अपहरण गरिएको हो।

लम्की–चिसापानी क्षेत्रका युवाहरूले दाउरा बोकेको गाडीका सह–चालकको अपहरण गरेका परिवारको आरोप छ। सोमवार राति पितमारी खोलामा कचाली गाउँबाट दाउरा बोकेर आउदै गरेको भे १ च ३७१४ नम्बरको गाडीका चालक २५ वर्षीय अनुराज चौधरीलाई कुटपिट गरिएको थियो। सोही गाडीका सह–चालक लम्कीचुहा नगरपालिका–९ का लोकेन्द्र चौधरीलाई पाँच जना युवाको समूहले आफूसँगै लिएका हुन्। अनुराजको टाउकोमा चोट छ।

SHIKHAR COOL TECH

चौधरीका परिवारले लम्कीचुहा नगरपालिका–३ चिसापानीका २४ वर्षीय भावेश सापकोटा, २८ वर्षीय नारायण शाही लगायतका युवाहरूको विरुद्धमा निवेदन दिएका छन्। नारायण शाहीलाई प्रहरीले पक्राउ गरिएको छ। चौधरीको अवस्था भने अझै अज्ञात रहेको छ। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता गंगादत्त बडूले घटनाको विषयमा अनुसन्धान जारी रहेको बताए। चिपासानी प्रहरी र सशस्त्र बेस क्याम्प डुडेझारीको टोलीले उनीहरूको खोजी गर्दै छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार