१६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी अभियोगमा एक जना युवक पक्राउ

झापा : १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । भद्रपुर नगरपालिका-५ बस्ने २४ वर्षीय जीवन साहलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

साहले ती किशोरीलाई गत असार २८ गते दिउँसो भद्रपुर नगरपालिका-७ स्थित मौसम होटल एन्ड लजमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरी परेको थियो । सोही आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । 

Dengue

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार