८० लाख तिरेर अवैध बाटोबाट अमेरिका गएका थिए दीपक, लुटेराले गोली चलाउँदा ज्यानै गयो

रुकुमपश्चिम । रुकुमपश्चिमको बाँफिकोट गाउँपालिका–१० सेजेका ३० वर्षीय दीपक ओलीको अमेरिकामा हत्या भएको छ । अमेरिकाको टेक्सासमा आइतबार बिहान बन्धुकधारी लुटेरा समूहको आक्रमणबाट ओलीको हत्या भएको हो ।मृतकका माइला बुवा खिमबहादुर ओलीले दीपक काम गर्ने टेक्सासको वेको सिटी नजिक हाइवे ३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा गोली हानेर हत्या गरिएको खबर पाएको बताए । टेक्सासमै रहनुभएका सेजे गाउँका विवेक ओली मार्फत घरमा खबर आएको उनले जनाए । आइतबार बिहान करिब ५ बजेतिर बन्दुकधारी लुटेराहरूले गोली प्रहार गरेर हत्या गरेको र शव पोस्ट मार्टमको लागि अस्पताल लगिएको बुझिएको छ ।

दीपकको हत्याको खबरपछि गाउँ नै शोकाकुल बनेको छ । बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगरले दीपकको हत्याको खबर सुनेपछि आफन्त, परिवारजन र गाउँ नै शोकमा रहेको बताए । । दीपकको घरमा बुवा, आमा, श्रीमती, छोरी र दुई भाइ छन् । एक बहिनीको विवाह भइसकेको छ भने एक भाइ दिनेश वैदेशिक रोजगारीको सिलसिलामा कोरिया गएका छन् । कान्छो भाइ जनक अध्ययनको क्रममा काठमाडौँमा छन् ।

Dengue

मृतककी २६ वर्षीया श्रीमती विमला बुढाथोकी ओली भने ५ वर्षीया छोरी पढाउन दाङको तुलसीपुर बस्छन् । गाउँमा बाख्रापालन गर्दै आउनुभएका मृतक दीपकका ५६ वर्षीय बुवा लिलाराम ओली अहिले अचेत अवस्थामा छन् । घरमा सम्झाई बुझाई गर्ने अवस्था समेत छैन । सबैतिर सन्नाटा छाएको छ ।

खिमबहादुरका अनुसार दीपक एक वर्षअघि मात्र अमेरिका पुगेका थिए । सन् २०२३ को जुलाई महिनामा अमेरिका पुग्नुभएका दीपक अवैध बाटो (तल्लो बाटो) अमेरिका पुगेका हुन् । अमेरिकाको सपना पछ्याउँदै अवैध बाटो अमेरिका पुगेका दीपकको सपना भने विलीन भएको छ । सपनाको देशले दीपकको परिवारको सारा सपना टुटाइदिएको छ ।

दीपकले २०७९ मङ्सिरमा घर छोडेर हिँडेका थिए । अमेरिका पुग्ने क्रममा बाटोमै करिब डेढ वर्ष र ८० लाख रुपियाँ खर्च भएको खिमबहादुरले जानकारी दिए । ‘‘बल्ल कमाउन थालेको थियो, लुटेराले हत्या गरिदिए,’ उनले भने ।

परिवारको थाप्लोमा अहिले दीपकलाई अमेरिका पठाउँदा लागेको ऋणको बोझ छ । छोराको मृत्युपछि विक्षिप्त बनेका दाइलाई छोरो पठाउँदा लगेको ऋणको भारी कसरी चुक्ता गर्ने भन्ने अर्को पिर थपिएको उनको भनाई छ । परिवारका अनुसार अमेरिका जाँदा लागेको ८० लाख रुपियाँ ऋणमध्ये आधा मात्रै तिरिएको छ ।गोरखापत्र दैनिकबाट

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार