विवादास्पद रथी सिग्देललाई ४० दिन अघिनै कामुको जिम्मेवारी !

काठमाडौं : जन्म मिति कीर्तेकाण्डमा मुछिएका रथी अशोकराज सिग्देललाई सरकारले कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानसेनापति प्रभुराम शर्माले २४ भदौमा अवकाश पाउँदैछन् । तर, ४० दिनअघि नै विवादस्पद सैनिक अधिकारी सिग्देललाई कामुको जिम्मेवारी दिइएको छ । स्रोतका अनुसार कीर्तेकाण्ड दबाउन यसरी हतार हतार निर्णय गरिएको हो ।

धनगढी सूचना

सेनामा अवकाश हुनुभन्दा एक महिनाअघि प्रधानसेनापति बिदा बस्ने चलन छ । त्यसअनुसार शर्मा २४ साउनदेखि बिदामा बस्ने सम्भावना छ । त्यसको पनि १० दिनअघि नै सरकारले निर्णय गर्नुलाई सैनिक अधिकारीले आश्चर्यका रुपमा हेरेका छन् ।

सिग्देललाई बर्खास्त गर्न माग गरी सर्बोच्च अदालतमा दायर रिट विचाराधीन रहेकै बेला सिग्देललाई कामुको जिम्मेवारी दिइएको छ । यो प्रकरणले सैनिक अधिकारीको मनोबल गिर्ने अवस्था देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार