डिएसपी लम्साल र असई दनुवारको ७ महिनापछि निलम्बन फुकुवा

काठमाडौं : नेपाल प्रहरीका प्रहरी नायब उपरिक्षक (डीएसपी) उमेश लम्साल र प्रहरी सहायक निरीक्षक (असई) बोधराज दनुवारको निलम्बन फुकुवा गरिएको छ ।

ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा बल प्रयोग गरेको आरोपमा निलम्बनमा परेका डिएसपी लम्साल र असई दनुवार ७ महिनापछि निलम्बन फुकुवा भएका हुन् ।

Dengue

इपीएस भाषा परीक्षामा सहभागी हुन फारम भर्ने विषयमा प्रदर्शनमा २ जनाले ज्यान गुमाएपछि घटनास्थलमा सुरक्षा कमाण्ड गरेका डीएसपी लम्साल र तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) लाई २०८० पुस १४ मा प्रहरी प्रधान कार्यालयले निलम्बन गरेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार