कैलालीमा स्कुल बस दुर्घटनाः घाइते तीन जनाको उपचार हुँदै

भक्तराज जोशी

कैलाली । कैलालीको गोदवरीमा स्कुल बस दुर्घटना भएको छ । जिल्लाको गोदावरी नगरापालिका–९ बल्मीमा स्कुल बस दुर्घटना भएको हो ।

स्कुल बस दुर्घटनामा परी दुर्गाज्योती इङ्लिस बोर्डिङ स्कुलका तीन जना घाइते भएका छन् । घाइते हुनेमा १५ वर्षीय विप्लब खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली रहेका छन् । घाइते तीनैजनाको अत्तरियास्थित पदमा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Dengue

प्रहरीका अनुसार दुर्घटनामा परेको से ०१००१ ख २१८२ नम्बरको बसमा कुल २७ जना विद्यार्थी सवार थिए ।

बसका चालक ३५ वर्षीय सैतुराम चौधरीलाई भने नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य मानवीय क्षती भने भएको छैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार