सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दलहरुले टर्च बालेर सरकारको खोजी गरे

धनगढी –सुदूपश्चिम प्रदेश सभाको आज हुने भनिएको विशेष अधिवेशनको तेस्रो बैठकमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरुलाई सरकारको खोजि गरेका छन्।

आज २ बजे बसेको बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरुको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरुले सरकारको खोजीका लागि टर्च बालेका हुन। ‘अहिले वर्षातको समयमा आम जनता विभिन्न प्राकृर्तिक विपति बाढी तथा पहिरोबाट ग्रसित छन्’ नेकपा एमालेका संसदीय दलका नेता राजेन्द्र रावलले भने–‘सदनलाई ‘फेस’ गर्न नसक्ने, सदनमा उपस्थित हुन नसक्ने यो सरकार गैरजिम्मेवार बनेकोले दिउँसै टर्च बालेर खोजी गर्नुपर्ने अवस्था आएको छ। राति हराउनु त ठिकै हो तर, यो सरकार दिउँसै हरायो।’

Dengue

नेपाली कांग्रेसका सचेतक विक्रमसिंह धामीले सरकार अल्पमतमा रहेकोअवस्थामा राजीनामा दिनुपर्ने बताए। उनले भने –‘सरकारले आफुमाथिनै भरोसा नगरेर संसदलाई बेवास्ता गर्‍यो। यो कारणले सरकारले नैतिकरुपले राजिनामा दिनुपर्छ।’

प्रदेश सभाको बैठकमा कम्तीमा पनि एक जना सरकारको मन्त्रीको सहभागिता हुनुपर्छ। पहिलो र दोस्रो बैठकमा सहभागी भएकी भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आइतबार पदबाट हटाइदिएपछि सोमबारको बैठक सरकारविहीन भएको थियो।

सोडारीले प्रदेश सभामा नजान ह्विप जारी गरेपछि पनि थापा पहिलो र दोस्रो बैठकमा सहभागी भएकी थिइन्। अल्पमतमा परेर पनि ३० दिनअघि सरकार नछोड्‍ने मुड बनाएका मुख्यमन्त्री सोडारी अहिलेको विशेष अधिवेशन सञ्चालन नहोस् भन्ने चाहन्छन्।

उनले अध्यादेश ल्याउनका लागि संसदको बजेट अधिवेशन बन्द गराएपछि कांग्रेस र एमालेका एक चौथाई सांसदहरुले विषेश अधिवेशन माग गरेपछि प्रदेश प्रमुख नजिर मियाँले साउन ८ गते विषेश अधिवेशन बोलाएका थिए।

पहिलो बैठकमा खासै छलफल नभएपछि आइतबार बसेको प्रदेश सभाको बैठकमा प्राकृतिक प्रकोपका बारेमा विषेश समय लिएर चार दलका चार सांसदहरुले बोलेका थिए। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक विक्रम धामी, एमाले दल नेता रावल र नाउपाका रामेश्वर चौधरीको नेतृत्वमा विरोध प्रदर्शन गरिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार