गोदावरीमा स्कुल बस दुर्घटना

धनगढी : कैलालीको गोदावरी नगरपालिका – ९ बल्मी नजिकै स्कुल बस दुर्घटना भएको छ ।

पुर्वपश्चिर राजमार्ग अन्तरगत गोदावरी ८ मा रहेको दुर्गाज्योती ईङ्लिस बोर्डिगं स्कुलको से०१००१ ख २१८२ नम्बरको स्कुल बस दुर्घटना भएको हो ।बस दुर्घटनामा ३ विद्यार्थी घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी गंगा बहादुर थापाले बताएका छन ।

Dengue

उनले दुर्घटनामा १६ वर्षीय विप्लब खड्का, १४ वर्षीय प्रकाश रावत र १६ वर्षीय रोशन नेपाली घाइते भएको बताए । उनीहरुलाई उपचारका लागि पदमा अस्पतालमा ल्याइएको छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
बसमा २७ विद्यार्थी सवार रहेका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार