त्रिशूलीमा हराएको चुम्बक भेटियो, बस र ३८ यात्रुको अवस्था अझै अज्ञात

काठमाडौं : त्रिशूलीमा बेपत्ता दुईवटा बस खोज्ने क्रममा हराएको चुम्बक र ट्युब फेला परेको छ ।

नारायणगढ मुग्लिन सडकको सिमलतामा गएको असार २८ गते पहिरोले त्रिशूलीमा बगाएका दुईवटा बस खोजी गर्नका लागि भारतबाट ल्याइएको १९ किलोको चुम्बक दुई दिनअघि त्रिशूलीमा हराएको थियो । सो चुम्बक सोमबार चितवनको काभ्रेघाटमा फेला परेको हो ।

Dengue

हराएको चुम्बक र ट्युब सोमबार भेटिएको छ । गएको असार २८ गते वीरगन्जबाट काठमाडौँ आउँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको एञ्जल डिलक्स र काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश ०३–२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस पहिरोसँगै बगेर त्रिशूली नदीमा बेपत्ता छन् । बेपत्तामध्ये २४ यात्रुको विभिन्न क्षेत्रबाट शव निकालिएको छ भने अझै दुई बससँगै ३८ यात्रुको अवस्था अज्ञात छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार