सिमलताल दुर्घटना : त्रिशुलीको वेगले आत्तिएको भारतीय टोली घर फर्कियो !

काठमाडौँ : चितवनको सिमलताल दुर्घटनामा बेपत्ता बस र यात्रुको खोजीमा आएको भारतीय टोली त्रिशूलीको वेग आफूहरुले सोचेभन्दा धेरै भएको भन्दै स्वदेश फर्किएको छ।

त्रिशूली नदीको वेग र धमिलोपन सोचेभन्दा धेरै भएको तथा आफूहरुको प्राविधिक क्षमताभन्दा माथि रहेको निष्कर्षसहित भारतीय टोली आज दिउँसो फर्किएको हो।

Dengue

असार २८ गतेदेखि त्रिशूलीमा बेपत्ता २ वटा यात्रुवाहक बस खोज्न साउन ४ गते पानीमा प्रयोग हुने सोनार क्यामेरा, चुम्बकलगायतका उपकरण र ४ जना गोताखोरसहितको १२ जना प्राविधिक भारतीय टोली नेपाल आएको थियो। 

लगातार ८ दिनसम्म अत्याधुनिक प्रविधिसहित त्रिशूलीका विभिन्न ठाउँमा हराएका यात्रु खोज्दा पनि नभेटिएपछि भारतबाट आएको टोली फर्किएको चितवनका सहायक प्रमुख जिल्ला अधिकारी खिमानन्द भुसालले जानकारी दिए।

भारतीय उद्धार टोलीले त्रिशुलीमा पानीको वेग र धमिलोपन आफूहरुले सोचेभन्दा बढी भएकाले उपलब्धि हासिल गर्न नसकेको बताएका सहायक सिडिओ भुसालले  जानकारी दिए। 

अनुसन्धान प्रतिवेदन भने आउनै बाँकी रहेको उनले स्पष्ट पारे।

अत्याधुनिक सोनार क्यामेरालगायतका उपकरणसहित १२ सदस्यीय भारतीय टोलीले बेपत्ता बस र यात्रुको खोजी गरेको थियो भने हिजो बस खोज्न भारतीय टोलीले ल्याएको चुम्बक नै हराएको थियो। 

हिजो हराएको १९ किलोको चुम्बक पनि फेला नपरेको सहायक सिडियो भुसालले जानकारी दिए। 

उनका अनुसार भारतीय टोली फर्किए पनि नेपाली उद्धार टोलीले भने खोजी जारी राख्नेछ। 

सिमलतालमा गएको पहिरोमा परेर त्रिशूलीमा बेपत्ता २ वटा यात्रुवाहक बस र ३८ जना यात्रुको अवस्था आज १७औँ दिनसम्म अझै अज्ञात छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार