सुदूरपश्चिम प्रदेशकी मन्त्री टीकालाई मुख्यमन्त्री सोडारीले निकाले……

धनगढी : सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टीका थापालाई बर्खास्त गरेका छन्।

प्रदेशसभा बैठकमा उपस्थित भएको भन्दै मुख्यमन्त्री सोडारीले मन्त्री थापालाई बर्खास्त गरेका हुन्। थापा आइतवार प्रदेश सभाको बैठकमा सहभागी भएकी थिइन्।

Dengue

मुख्यमन्त्री निकट स्रोतका अनुसार सरकारले बैठकका सहभागी नहुने नीति लिएका बेला थापा सहभागी भएपछि उनलाई पदबाट हटाइएको हो। यस अघिको बैठकमा पनि उनी सहभागी भएकी थिइन्।

सरकारको तर्फबाट कोही पनि उपस्थित नभएर संसद् अगाडि नबढाउने मुख्यमन्त्री सोडारीको योजना रहको थियो तर जनताको आवाज उठान होस् भनेर संसद् आएको थापाले बताइन् । संसद्मा उपस्थित भएको भन्दै आफूलाई पदबाट हटाएको उनले बताइन् ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार