भ्रष्टाचार कसूरमा पूर्व मन्त्री जोशीलाई नौ महीना कैद र ६९ लाख जरिवाना

धनगढी : पूर्व मन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतले नौ महीना कैद र ६९ लाख १५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ।

सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको संयुक्त इजलासले आइतबार फैसला सुनाएको हो। यही मुद्दामा अन्य प्रतिवादी ताराराज पाण्डे र वासुदेव पन्तलाई भने सफाइ दिएको छ।

SHIKHAR COOL TECH

विशेष अदालत, काठमाडौंले २०६९ सालमा जोशीलाई दुई करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको भन्दै दोषी ठहर गरेको थियो। यस विरुद्ध उनले सर्वोच्चमा पुनरावेदन गरेका थिए।  

सर्वोच्चले ११ वर्षपछि फैसला गर्दै जोशीलाई दोषी ठहर्‍याएको हो। यसबीचमा ५१ पटक सुनुवाइका लागि पेशीमा चढेर पनि मुद्दा छिनिएको थिएन। सर्वोच्चले गत जेठ २० मा निर्णय सुनाउने मिति तोकेको थियो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार