बिरगञ्जबाट धनगढी आएको ट्रकमा शव भेटिएपछि…

धनगढी : बिरगञ्जबाट धनगढी आएको मालवाहक ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको छ। ट्रकको सामान अनलोड गर्ने क्रममा शव फेला परेको हो।

कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टका अनुसार आइतबार दिउँसो सामान अनलोड गर्ने क्रममा ट्रकमा शव फेला परेको हो।

SHIKHAR COOL TECH

उनकाअनुसार शव फेला परेपछि ट्रक चालक कञ्चनपुरको वेदकोट नगरपालिका–९ का ३८ वर्षीय लबिन्द्र राना र सहचालक २२ वर्षीय ओमप्रकाश रानालाई नियन्त्रणमा लिइएको छ।

उनीहरु तीन जना फलामको रड र प्लाष्टिकको बोरा बोकेको ट्रक बिरगञ्जमा लोड गरेर धनगढीका लागि हिडेका थिए। उनीहरुले ट्रकमा भेटिएको शवबारे कुनै जानकारी नभएको र सामान अनलोड गर्ने क्रममा मात्र देखेको बयान प्रहरीलाई दिएका छन्।

पहिचान खुल्न नसकेको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार