महाकाली नदीमा डुबेर एक युवक बेपत्ता

धनगढी : महाकाली नदीमा कञ्चनपुर दोधाराचाँदनी नगरपालिकाका एक युवक बेपत्ता भएका छन् । नदीबाट दाउरा निकाल्ने क्रममा शनिबार महाकाली नदीमा डुबेर दोधाराचाँदनी नगरपालिका-४ चाँदनीका रतने भट्ट बेपत्ता भएका हुन् ।

ईलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज प्रहरी निरीक्षक होम बहादुर चौधरीले नदीबाट दाउरा निकाल्ने क्रममा ५० वर्षीय भट्ट बेपत्ता भएको बताए । महाकाली नदीमा आएको साउने भेलमा परेर दाउरा निकाल्ने क्रममा बेपत्ता भएका भट्टको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

Dengue

इलाका प्रहरी कार्यालय दोधाराचाँदनीका इन्चार्ज चौधरीले बेपत्ता भएको स्थानदेखि झण्डै ५/७ किलोमिटर नदी क्षेत्रमा खोजी कार्य गर्दा समेत नभेटाएको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार