कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी

धनगढी : कञ्चनपुरबाट दाङ जाँदै गरेको ट्रकमा आगलागी भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको हो।

महेन्द्रनगरबाट दाङको लमही जादै गरेको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका–९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको भएको बताए।

Dengue

एसपी केसीले ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुरको कृष्णनगर नगरपालिका–२ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएका छन्। खाली ट्रक सिमेन्ट लिनको लागि लमही जाँदै गरेको उनले जानकारी दिए।

आगो लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो। चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको गरेको प्रहरीले बताएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार