कञ्चनपुरमा १८८ जुवाडे पक्राउ, झण्डै १३ लाख रुपैयाँ जफत

धनगढीः कञ्चनपुरमा जुवा खेल्ने र खेलाउने समुह जताजतै फेला पर्न थालेका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक वर्षको अवधिमा जुवा खेल्ने र खेलाउने गरेर एक सय ८८ जनालाई जुवाखालबाटै पक्राउ गरेको छ। ती जुवाडेबाट झण्डै १३ लाख रुपैयाँ समेत जफत गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीका अनुसार एक वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानबाट १ स ८८ जुवाडे पक्राउ परेका छन्।

Dengue

उनीहरुको साथबाट १२ लाख ९६ हजार ३९७ रुपैयाँ बरामद गरिएको उनले बताए। १८ जना विरुद्ध मुद्दा चलाइएको प्रहरीले जनाएको छ। जुवातास खेल्ने खेलाउने कार्यलाई कानुनले अपराधमा राखेको छ। नयाँ अपराध संहिता लागु हुनु अगाडि सजायको व्यवस्था निकै कम भएको र त्यसले जुवातास नियन्त्रण नहुने धेरैको मत थियो।

जुवा ऐन २०२० अनुसार जुवा खेल्दा वा खेलाउँदा पहिलोपटक पक्राउ परे दुई सय रुपैयाँ जरिबाना र दोस्रोपटकदेखि भने बढीमा ९ महिना कैदको व्यवस्था थियो। तर २०७५ साल भदौदेखि लागु भएको मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजाय बढाइएको छ।उक्त संहिताको दफा १२५ मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिबानाको व्यवस्था छ।

दोस्रो पटकमा एक वर्षसम्म कैद वा ५० हजारसम्म जरिबाना तोकिएको छ। दोस्रो पटक सजाय भुक्तान गरेर पक्राउ परेमा हरेक पटक थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिबाना तिर्नुपर्ने व्यवस्था छ। जुवा खेल्न प्रयोग भएको साधन र जुवा खालमा प्राप्त सम्पुर्ण चलअचल सम्पत्ति जफत हुने कानुनी व्यवस्था छ। तर जुवा खेलेको घर वा कोठा वा ठाउँ वा सवारीसाधन भने जफत हुँदैन।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार