ग्लोबल टी२० लिगमा सन्दीप र दीपेन्द्र सम्मिलित टीम पराजित हुँदा रोहित सम्मिलित टीम विजयी

काठमाडौं : क्यानडामा जारी ग्लोबल टी२० लिगमा नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल सम्मिलित टीम विजयी हुँदा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी सम्मिलित टीम पराजित भएको छ।

गएराति भएको पहिलो खेलमा सन्दीप र दीपेन्द्र सम्मिलित भानकुभर नाइट्स बांग्ला टाइगर्ससँग पराजित हुँदा रोहित सम्मिलित टोरन्टो नेशनलले ब्राम्पटन्स उल्भ्सलाई पराजित गरेको हो। पहिलो खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको बांग्ला टाइगर्सले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १५२ रन बनायो।

Dengue

उसका लागि इफ्तिखार अहमदले नटआउट रहँदै ५० रनको अर्धशतकीय पारी खेल्दा हज्रातुल्लाह जराइले ३३, डिलोन हेलाइगरले २७, परगत सिंहले २० रन जोडे। भानकुभरका लागि सन्दीपले दुई, पल भान मीकिरन, ड्वाइन प्रेटोरियस, जेरेमी गोर्डन र मोहम्मद आमिरले समान एक–एक विकेट लिए।

जवाफी ब्याटिङ गरेको भानकुभरको सुरुवात खास रहन सकेन। टिम ६ विकेट गुमाएर १३० रनमा मात्र समेटियो। उसका लागि हर्ष ठाकर अविजित रहँदै ७९ रनको पारी खेल्दा ड्वाइन प्रेटोरियसले २९ रन बनाए। दीपेन्द्रसिंह ऐरी १ रनमा आउट हुँदा सन्दीपले २ रन नटआउट खेले। यसरी भानकुभर २२ रनले पराजित हुन पुग्यो।

उता दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ रोजेको ब्राम्पटन १९.१ ओभरमा अलआउट हुँदै ११० रनमा समेटियो। उसका लागि बिउ वेबस्टर २५, निक होबसन २१, अखिल कुमार १९, ज्याक जार्भिस १३, आर्यन दत्त १२ रन जोडे।

बलिङतर्फ टोरन्टोका जुनैद सिद्दिकीले तीन, जेसन ब्रेनड्रोफ र रोमारियो सेफर्डले समान दुई–दुई विकेट लिँदा साद बिन जफर र रस्टन चेसले समान एक–एक विकेट लिए। ब्राम्पटनलाई सस्तैमा समेट्दा रोहित पौडेलले एक रनआउट र एक क्याच गरे।

एक सय ११ रनको जवाफी लक्ष्य पछ्याएको टोरन्टोका लागि उन्मुक्त चन्दले नटआउट ५३ रन बनाउँदा रसी भान डर डुसेनले २५ रन बनाए। कप्तान कोलिन मुन्रो ११ रनमा आउट हुँदा निकोलस किर्तन ६ रनमा नटआउट रहे। ब्राम्पटनका ज्याक जार्भिस र बिउ वेबस्टारले एक–एक विकेट लिए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार