बाजुरामा युवा क्लबले गरे खानेपानीको मुहान सरसफाइ

बाजुरा : बाजुराको जगन्नाथमा युवा क्लबले खानेपानीको मुहान सरसफाइ गरेको छ। जगन्नाथ गाउँपालिका–५ को युनिक स्पोर्ट्स युवा क्लबले खानेपानीको मुहान दूषित रहेको पाइएपछि  शनिवार सफा गरेको हो।

लामो समयदेखि खानेपानीको मुहान दूषित हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएपछि स्वच्छ खानेपानीको पहुँच सबै जनतामा पु¥याउन गाउँलेहरूको सहयोगमा सरसफाइ गरिएको क्लबका सल्लाहकार रतन विकले जानकारी दिए। बिहारडाँडा, लुहार बाडा, दाडिमबाडी र टालिखेतका जनता दूषित पानी पिउन बाध्य बनेका भएका थिए।

Dengue

विभिन्न ठाउँबाट बग्दै आयको पानीलाई एक ठाउँमा जम्मा गरी खाने पानीमा मिसाइएकाले समस्या भएको क्लबका अध्यक्ष नवीन सार्कीले बताए। सर–सफाइमा ध्यान नदिँदा ट्याङ्कीमा धेरै जसो मात्रामा फोहोर माटो लेदो निस्कने र मुहान खुला र बेवारिसे हुँदा सर्प र भ्यागुता भेटिने गरेको नेकपा एमाले जगन्नाथ गाउँ कमिटी सचिव टक्क कामिले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार