मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

धनगढी : कैलालीमा भएका छुट्टाछुटै मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन । धनगढीमा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका हुन भने भजनमा रुखमा मोटरसाइकल ठोक्किदा दुई जना घाइते भएका छन ।

शनिवार धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित हुलाकी सडक खण्डमा से ४ प ४७२९ र से ५ प २६५३ नम्बरको मोटरसाईकल आपसमा ठोक्किदा दुवै मोटरसाईकलका चालक गम्भीर घाइते भएका थिए ।

Dengue

घाइते मध्ये से ५ प २६५३ नम्बरका मोटरसाईकल चालक फूलबारीका ५० वर्षीय कुलप्रसाद पंगालीको निसर्ग अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरिया जनाएको छ। अर्का चालक २६ वर्षीय आश्वीन पौडेलको भने उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार