एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज भारत र श्रीलङ्का खेल्दै !

काठमाण्डौ : एसीसी एशिया कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज साविक विजेता भारत र आयोजक श्रीलङ्का खेल्दैछन् । फाइनल खेल दाम्बुलामा नेपाली समय अनुसार दिउँसो सवा तीन बजे शुरु हुनेछ ।

अस्ति भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली श्रीलङ्का र पहिलो सेमिफाइनलमा बंगलादेशलाई १० विकेटले हराएर भारत फाइनलमा पुगेको हो ।

Dengue

भारत यसअघि भएका आठमध्ये सात संस्करणको च्याम्पियन टोली हो । सन् २०१८ मा बङ्गलादेशले उपाधि जितेको थियो । श्रीलङ्का पाँचौपल्ट फाइनलमा पुगेको हो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार