अनेरास्ववियु कैलालीद्वारा उत्कृष्ट विद्यार्थी र खेलाडी सम्मानित

कैलाली । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको छ । अनेरास्ववियुले भर्खरै सम्पन्न एसइईको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने कैलालीका ४ विद्यार्थीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा नितिका अवस्थी, हेमन्त साउँद, निर्मल ठगुन्ना र विकास रावत रहेको छन् । उनीहरुले माध्यामिक शिक्षा परीक्षा (एसइई)मा ४ जिपिए ल्याएका थिए ।

Dengue

त्यस्तै, अनेरास्ववियुले विद्यार्थीसँगै उत्कृत ३ खेलाडीलाईसमेत सम्मान गरेको छ । उत्कृष्ट खेलाडीमध्ये करातेकी मनिसा बोहरा, उसुका जनक धामी र उसुकी च्याम्पियन गौरी मगरलाई सम्मानित गरिएको अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले जानकारी दिएका छन् ।

अनेरास्ववियुको विद्यार्थी तथा खेलाडी सम्मान कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सचिव लेखराज भट्ट, नेकपा एमालेका सुदूरपश्चिम प्रदेश कमिटी सचिव रणबहादुर चन्द, पार्टीका जिल्ला कमिटी अध्यक्ष यज्ञराज ढुङ्गाना र संगठनका केन्द्रिय, प्रदेश, जिल्ला कमिटीका सदस्यहरुको उपस्थिति रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार