धनगढी–१४ मा बाइक दुर्घटना, एकजनाको मृत्यु, चालक गम्भीर घाइते

कैलाली । कैलालीमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१४, डि गाउँमा मोटरसाइकल दुर्घटनमा परी ५२ वर्षीय कु्ल प्रसाद पंगालीको मृत्यु भएको हो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका पंगालीको उपचारका क्रममा शनिबार दिउँसो ३ बजे निसर्ग हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dengue

प्रहरीका अनुसार पंगालीलाई शनिबार बिहान सडक छेउबाट घरतर्फ जाँदै गर्दा धनगढी–१४ निवासी २३ वर्षीय अश्विन पौडेलले चलाएको से ४ प ४७२९ नम्बरको पल्सर बाइकले ठक्कर दिएको थियो ।

हाल दृर्घटनमा गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेलको पनि आईसीयूमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार