‘प्रहरी बचाउन जाँदै थिए, कुँवरले हाम फालि हालिन्…’ (भिडियोसहित)

भक्तराज जोशी

दर्चुला : दार्चुलामा एक महिला महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन्।

शनिबार दिउँसो सदरमुकाम खलंगास्थित रिङ्नेताल नजिकैबाट हाम फालेर महाकाली नगरपालिका–१ की २५ वर्षीया धनिसा कुँवर नदीमा बेपत्ता भएको प्रहरीले जनाएको छ।

Dengue

जिल्ला प्रहरी कार्यालयकाअनुसार उनी हाम फाल्न नदीको डिलमा उभिएका बेला स्थानीयले खबर गरेका थिए। लगत्तै जिल्ला प्रहरी कार्यालयबाट खटिएका प्रहरीले उनलाई सम्झाई बुझाई गरेका थिए।

तर, नमानेपछि उनलाई समात्न प्रहरी गएका थिए। प्रहरी नजिकै पुगेका बेला कुँवरले नदीमा हाम फालेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । अहिले महाकालीमा बेपत्ता कुँवरको खोजी भइरहेको प्रहरीले जनाएको छ। (भिडियो)

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार