तिहारलक्षित सयपत्री फूल रोपिँदै !

धरान :  नेपालमा दसैँ, तिहारदेखि प्रेम दिवसलगायत विभिन्न चाडमा फूलको भरथेग गर्न धरानमा श्रमदान गरी सयपत्री फुल रोप्न थालिएको छ । 

तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । खासगरी लक्ष्मीपूजाको दिन घरलाई सजाउन र भाइटिकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन छ । गत सालबाट धरान उपमहानगरपालिका नगर प्रमुख हर्कराज राईले सयपत्री फूल धरानको डाँडाकाँडामा रोप्ने अभियान सुरु गर्नुभएको थियो । 

Dengue

भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको व्यवसायीको भनाइ छ । गत वर्ष स्थानीय उत्पादन बढेकाले स्थानीय फूलहरू  सस्तोमा बिक्री भएको थियो । यस वर्ष पनि फूलमा आत्मनिर्भर बन्नलाई सयपत्री फुल रोप्न धरानको निशाने डाँडामा श्रमदानबाट सयपत्री फूलहरू रोपिएको नगर प्रमुख राईले बताउनुभयो । 

श्रमदानमा सयपत्री फूल बाहेक विभिन्न जातका फलफूल तथा बोटबिरुवा गरी करिब ३ सयको हाराहारीमा बिरुवा रोपिएको श्रमदाता दिनेश राईले बताउनुभयो । नगर प्रमुख राई निर्वाचित भएसँगै श्रमदानको पुनः सुरुवात भएको उहाँले बताउनुभयो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार