काठमाण्डौ उपत्यकामा तरकारीको भाउ घट्न थाल्यो !

काठमाण्डौ : काठमाण्डौ उपत्यकामा तरकारीको भाउ थोरै घट्न थालेको छ । वर्षाले उपत्यका आसपासको जिल्लाका ग्रामिण सडक अबरुद्ध हुँदा तरकारीको भाउ अत्यधिक बढेकोमा आपूर्ति बढेकाले भाउ घट्न थालेको नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघले जनाएको छ । पछिल्लो एक हप्तादेखि भाउ घट्न थालेको र अझै घट्ने महासंघले जनाएको छ ।

एक हप्ता अघिको तुलनामा गोलभेँडा, करेला, परवल, घिरौला, खुर्सानी, लौका लगातयका तरकारीको मूल्य घटको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्क अनुसार साउन ५ गते किलोको ९० रुपैयाँमा किनबेच भएको नेपाली ठूलो गोलभेँडा आज किलोको ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Dengue

यस्तै एक हप्ता अघिको तुलनामा आलुको भाउ झन्डै चार प्रतिशतले घटेको छ । साउन ५ गते किलोको ८६ रुपैयाँमा कारोबार भएको स्थानीय काउली आज ७५ रुपैयाँ र एक सय १२० रुपैयाँमा कारोबार भएको स्थानीय ज्यापु काउली आज ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

लाम्चो र डल्लो दुबै भण्टाको भाउ झन्डै ४० प्रतिशतले घटेको छ । घिउ सिमीको भाउ ५६ प्रतिशतभन्दा धेरैले घटेको छ । लौका र भिण्डीको भाउ पनि ५७ प्रतिशतसम्म घटेको छ । कालिमाटी बजारमा अघिल्लो हप्ताको तुलनामा एकाध बाहेक सबै प्रकारका भाउ घटेको समितिको तथ्याङ्कमा उल्लेख छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार