नोभा हस्पिटल प्रकरण : धनगढीमा मृत्यु भएका नसिभको शव अझै उठेन

धनगढी : कैलालीको धनगढीस्थित नोभा हस्पिटलमा एक किशोरको मृत्यु भएको छ। हिजो (शुक्रबार) कञ्चनपुरका १७ वर्षीय नसिभ चौधरीको मृत्यु भएको हो।

अस्पतालको लापरबाहीले नसिभको मृत्यु भएको आफन्तको आरोप छ। बेलौरीका नसिभ साउन ७ गते सामान्य स्वास्थ्य समस्याका कारण चेकअपका लागि सो अस्पताल आएका थिए। उनलाई जण्डिस भएको पुष्टि भएपछि अस्पतालमा भर्ना गरिएको थियो। नसिभका मामा रामकृष्ण चौधरीले अस्पतालले लापरबाही गरेको भन्दै उपचारमा संलग्न चिकित्सकलाई कारबाही गर्नुुपर्ने माग गरेका छन्।

Dengue

उपचारमा संलग्न चिकित्सक र उचित क्षतिपुर्ति नभएसम्म शव नउठाउने उनले बताए। पीडित पक्षसँग अहिलेसम्म कुनै संवाद समेत नभएको उनले बताए। उनका अनुसार अस्पतालले नसिभलाई न त उचित उपचार गर्‍यो, न त रिफर नै गर्‍यो। लापरबाही गर्ने चिकित्सकको टीम र क्षतिपुर्ति नदिएसम्म शव नबुझ्ने अडान आफन्तको छ। अस्पताल प्रशासनले भने लापरबाही नभएको बताएको छ।

मृतकको उपचारमा डाक्टर रामचन्द पौडेल संलग्न थिए। मृतक बेलौरीको महाकाली बहुमुखी क्याम्पसमा ११ कक्षामा अध्ययन गरिरहेका थिए। यस घटनाले अस्पताल परिसरमा तनावको स्थिति समेत सिर्जना भएपछि प्रहरी नै खटिएको थियो। आफन्तले निष्पक्ष छानबिनको माग गरेका छन्। तर अस्पतालका सूचना अधिकारी पदमराज भट्टले नसिभको उपचारमा कुनै लापरबाही नभएको बताएका छन्।

यस अस्पतालबाट आफन्तले उपचारका लागि नेपालगन्ज लैजान्छौं भनेका थिए, सोहीअनुसार लैजाने क्रममा मृत्यु भएको उनले बताए। नसिभलाई निकै जटिल अवस्थामा नोभामा भर्ना गरिएको उनको भनाई छ। हिजो साँझ हस्पिटलले वार्ताका लागि भन्दै आइसीयू वार्डका स्टाप नर्स छलफलमा राखेपछि आक्रोशित पीडित पक्षले हस्पिटलमा तोडफोड गरेको दाबी समेत गरिएको छ। जन्डिसको समस्याका कारण अस्पताल भर्ना भएका चौधरीको शुक्रबार मृत्युु भएको हो। उनको उपचारमा लापरबाही गरेर उपचार तथा रेफरमा ढिलाई गरेर नसिभको मृत्यु भएको आरोप आफन्तको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

83%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

17%

आक्रोशित

सम्बन्धित समाचार