कैलालीमा अझै हटेन छाडा छाड्ने प्रवृत्ति

धनगढी : कैलालीमा पशु चौपाया छाड्ने प्रवृत्ति अझै हट्न सकेको छैन। पशु चौपाया दूध दिउन्जेल र प्रयोग उपयोग र उपयोग आउन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृत्ति कायमै छ।

यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ। पशुकल्याण समिति धनगढीका अध्यक्ष चेतराज अवस्थितिले फाइदा हुन्जेल पशु चौपायाको स्याहारसुसार गर्ने र काम नलाग्ने भएपछि जथाभावी छोड्ने गरेकाले व्यवस्थापनमा निकै समस्या देखिन थालेको बताए । काम नलाग्ने भएपछि छाडा छाड्ने गाईगुरुका कारण बजारका सडकहरूमा दुर्घटना हुन थालेको छ।

Dengue

धनगढीका छलेन सडकमा दैनिक जसो एक दुई गाई गोरु गाडीसँग ठोकिएर मरेकै हुन्छन् हाम्रो संस्थाले १०० भन्दा बढी पशुको उपचार गरिसकेका छौँ । केही वर्षअघि यहाँ स्थानीयहरूले घर घरमा दूधका लागि गाई पाल्ने गर्थे । बिस्तारै गाई पाल्ने चलन पनि हराउँदै गएको छ । पाल्नेहरूले पनि दुध दिन छाडेपछि सडकमा छाड्ने प्रवृत्ति छ।

कृषक दुर्गा जोशीले छाडा चौपायाबाट अनबाली जोगाउन मुस्किल भएको दुखेसो पोखेका छन्। उनी भन्छन्, अर्काको जमिन भाडामा लिई खेती गर्दै आएका छौं, थुप्रै पैसा खर्च गरेर धान रोपेका थिए। केही जमिनमा तरकारी लगाएको छु तर रातको समयमा पशु आएर खाइदिने जोगाउन निकै सकस भएको छ। उनले भने ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार