सन्दीप र दीपेन्द्र आबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज हुदै

काठमाडौं : क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ ।

नाईट्सले आफ्नो दोस्रो खेलमा बंगाल टाईगर्ससँग खेल्दैछ । खेल क्यानडाको सीएए सेन्टर, ब्राम्पटनमा नेपाली समय अनुसार शनिबार बेलुका पौने नौबाट सुरु हुदैछ ।

dashain shuvakamana
Discovery School

सन्दीप र दीपेन्द्रआबद्ध नाईट्स पहिलो खेलमा टोरोन्टो नेसनल्ससँग पराजित भएको थियो । यस खेलमा सन्दीपको अलराउन्ड प्रदर्शन भए पनि टोलीलाई जिताउन भने सकेका थिएनन् । भिषा समस्याका कारण ढिला क्यानडा पुगेका कारण पहिलो खेलमा उपलब्ध नरहेका दीपेन्द्र यस खेलका लागि भने उपलब्ध हुनेछन् ।

सन्दीप र दीपेन्द्रआबद्ध नाईट्समा उस्मान ख्वाजा, मोहम्मद अमिर लगायत खेलाडी छन् । दीपेन्द्र दोस्रो पटक यस लिग खेल्दैछन् भने सन्दीपले लिगका सबै संस्करण खेलेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार