जन्डिस लागेका नसिबको नोभामा ज्यान गयो, डाक्डरले लापरवाही गरेको आरोप !

कैलाली । स्वास्थ्यमा सामान्य समस्या देखिएपछि नोभा अस्पताल भर्ना भएका नसिब चौधरीको उपचारका क्रममा मृत्यु भएको छ । बेलौरी नगरपालिका–२, दिनापुरका १७ वर्षीय चौधरीको शुक्रबार उपचारका क्रममा मृत्यु भएको हो ।

मृतक चौधरीका आफन्तका अनुसार स्वास्थ्यमा सामान्य समस्या देखिएपछि साउन ७ गते उपचारका लागि अस्पताल लगिएको थियो ।

dashain shuvakamana
Discovery School

चेकजाँच गर्दा चौधरीलाई जन्डिस पुष्टि भएपछि उनलाई थप उपचारका लागि अस्पताल भर्ना गरिएको मृतक चौधरीका आफन्तले बताएका छन् । अस्पताल भर्ना गरेर उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार नआएपछि शुक्रबार साँझ उनको मृत्यु भएको आफन्तले बताएका छन् ।

मृतकका आफन्तका अनुसार स्वास्थ्यमा सुधार नआएपछि चौधरीलाई अन्यत्र रिफर गर्न पनि आग्रह गरिएको थियो । तर, अस्पतालले रिफर गर्न नमानेकै कारण चौधरीले ज्यान गुमाउनु परेको मृतकका आफन्तको आरोप छ ।

यता अस्पतालले भने मृतकका आफन्तको आरोप झुठो भएको दाबी गरेको छ । सक्दो प्रयास गर्दागर्दै पनि चौधरीलाई बचाउन नसकेको र त्यसमा अस्पतालको कुनै गल्ती नभएको अस्पतालका सूचना अधिकारी पदम राज भट्टले बताएका छन् । तर, मृतकका आफन्तले अस्पतालको लापरवाहीकै कारण चौधरीको मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

83%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

8%

आक्रोशित

सम्बन्धित समाचार