खप्तड विद्या निकेतन विद्यालयमा वृक्षारोपण

धनगढी : कैलालीको गोदावरी नगरपालिका– ३ मा रहेको खप्तड विद्या निकेतनले वृक्षारोपण गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुसहितको सहभागितामा विद्यालयले वृक्षारोपण गरेको हो ।

विद्यालयको शुक्रबारिय कार्यक्रम अन्र्तगत वृक्षारोपण गरिएको विद्यालयका सञ्चालक श्याम खत्रीले जानकारी दिए । विद्यालयमा गठन गरिएका विभिन्न क्लबहरुमार्फत वृक्षारोपण गरिएको उनले बताए । ‘विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापसँग जोड्नुपर्छ, मानवमुल्य र समाजसँग पनि विद्यार्थीहरुलाई आवद्ध गराउनुपर्छ भनेर हामीले यो शुक्रबारीय कार्यक्रममा वृक्षारोपणलाई अगाडी सारेका हौ’ उनले भने ‘यसैगरी हामीले आगामी दिनहरुमा पनि विद्यार्थीहरुलाई समाजसँग जोड्नका लागि विभिन्न कार्यक्रमहरु गर्दै जाने छौ ।’

SHIKHAR COOL TECH

विद्यालय परिषर तथा विद्यालय जाने नहरको बाटोमा करिब १५० वटा भन्दा बढी बोटविरुवाहरु रोपेको खत्रीले बताए । उनका अनुसार ‘अहिले वनजंगलहरु मासिदै गईरहेको अवस्था छ, पर्यावरण पनि त्यस्तै छ’ उनले भने ‘यो कार्यक्रमले यहाँको वातावरणलाई केही सहयोग पुग्छ भन्ने हामीले आशा लिएका छौ ।’ उनका अनुसार पारिजात, निमको बोट, फुलका बोट, कल्की, अमलटास लगायतका विरुवाहरु रोपिएका हुन । ति रोपिएका विरुवाहरुको रेखदेख गरेर हुर्काउने सम्म विद्यार्थीहरुलाई जिम्मेवारी दिईएको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार