काठमाडौँ : शुक्रबार अपरान्हसम्म अधिकांश शवको पहिचान भइसकेको छ भने बढी जलेका शवको पहिचानमा भने केही समस्या भएको चिकित्सकहरुले बताएका छन् ।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डा गोपाल चौधरीका अनुसार पहिचान भइसकेका शवहरु आजै आफन्तलाई जिम्मा लगाउने तयारी भइरहेको छ । ‘पहिचान भइसकेका शवहरु आजै आफन्तलाई जिम्मा लगाउँछौँ । पहिचान नभएको हकमा मात्रै यहाँ राखिन्छ,’ चौधरीले भने ।
बुधबार बिहान ११:११ बजे काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्