कञ्चनपुरमा दुई जना मृत फेला

धनगढी : कञ्चनपुरमा बिहीबार साँझ कृष्णपुर नगरपालिका-६ गजरौला बस्ने ६७ वर्षका कृष्ण लुहार मृत फेला परेका हुन् ।

आफ्नै घरभित्र सल्फास नामक विषादी सेवन गरेका उनलाई उपचारको लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले बताएको छ ।

Dengue

त्यस्तै, हिजो राति नै दोधारा चाँदनी नगरपालिका-४ बडुवाल टोल बस्ने अम्मर बडुवालको छोरा १५ वर्षीय अर्जुन बडुवाल आफ्नै घरको कोठाभित्र फलामको डण्डिमा गलबन्दीको पासो लगाई मृत अवस्थामा फेला परेका थिए ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीबाट खटिएको प्रहरी टोलीले घटनास्थल प्रकृति मुचुल्का लगायतका प्रारम्भिक अनुसन्धानको कार्य पुरा गरी पोष्टमार्टमको लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाएको जनाएको छ ।

कञ्चनपुर प्रहरीले दुबै घटनामा थप अनुसन्धान भइरहेको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार