धनगढीका २ जना बिरामीमा हैजा पुष्टि

धनगढी : कैलालको धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलका दुई जनामा हैजा पुष्टि भएको हो । उनीहरु दुवै जनाको सेती प्रादेशीक अस्पतालमा उपचार भइरहेको छ ।

सेती प्रादेशीक अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पशुपति टोलका २३ र २६ वर्षीय दुई युवकमा हैजा पुष्टि भएको हो ।

Dengue

अझै एक बालिकामा पनि हैजाको शंका रहेको तर पुष्टि हुन बाँकी रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
स्वास्थ्य कार्यालयले यसका बारेमा माथिल्ला निकायमा जानकारी गराइसकेको बताउँदै सतर्कता अपनाउनु पर्ने अवस्था रहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार