चलचित्र विकास बोर्डका अभिनेता भुवन केसी आफ्नै बिदाइ कार्यक्रममा बोल्दै

काठमाडौँ : चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष तथा अभिनेता भुवन केसीले सिनेमा क्षेत्रमा धेरै काम गर्न बाँकी रहेको बताएका छन् । बिहीबार आफ्नै बिदाइ कार्यक्रममा बोल्दै केसीले सरकार चलचित्र क्षेत्रप्रति गम्भीर हुनुपर्ने बताए । 

उनले भने, ‘नेपाली चलचित्र यहाँसम्म आइपुग्दा सरकारले चाहिँ के गर्‍यो त ? नेपाली चलचित्र क्षेत्रले यहाँसम्म आई पुग्नुको योगदान सरकारको योगदान शून्यजस्तो लाग्छ । चलचित्र क्षेत्र यहाँसम्म आई पुग्नुलाई सरकारको महत्त्व प्रभावकारी छैन । यदि सरकारले चाहेको भए चलचित्र क्षेत्र आज विदेशीसँग प्रतिस्पर्धा गर्न सक्थ्यौँ, अहिले पनि गरिरहेका छौँ । तर त्यसका लागि केही निर्माता, कलाकार, निर्देशकहरूले घर खेत बेचेर यहाँसम्म ल्याएका हुन् ।’

Dengue

साथै उनले सरकारले आश्वासन मात्र दिएको गुनासो गरे । उनले नेपाली चलचित्रको लागि नेताहरूले भाषण बाहेक केही गर्न नसकेको बताए । उनले  भने, ‘एउटा स्टुडियो बनाउन सकेको छैन । तर सबै कलाकारहरूले मन्त्रीहरूलाई सुझाव सल्लाह दिएका हौँ । तर त्यो कुरा कुनै मन्त्रीले उठाउन सकेनन् ।’

यस्तै केसीले कुनै स्वार्थमा अध्यक्ष नबनेको दाबी गरे । उनले अबको दिनमा जे–जस्तो अवस्थामा भए पनि नेपाली चलचित्रलाई अगाडि बढाउन सधैँ तत्पर रहने बताए । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार