इन्जिनियर खतिवडाको ‘प्रेम कहानी’को भिडियो सार्वजनिक

काठमाडौँ : कविता, गीत तथा गजल लेखनमा सक्रिय रहेका इन्जिनियर प्रमोद खतिवडाको रचनामा ‘प्रेम कहानी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । 

नेपाल सरकारको निजामती सेवा अन्तर्गत सडक विभागमा कार्यरत रहेका इन्जिनियर प्रमोद खतिवडाले प्रेम वियोगलाई समेटेर ‘प्रेम कहानी’ बोलको आफ्नो रचनाको पाँचौँ गीतको भिडियो सार्वजनिक गरेका छन् ।चर्चित गायक तथा सफल सङ्गीतकार सबिन लिम्बुको स्वर तथा सङ्गीत रहेको यो गीत एकोस्टिक नेपालको स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतको शब्दमा माया, प्रेमको   तिर्सना, छटपटी र प्रेम वियोगलाई समेटिएको छ ।

Dengue

एफोरए ईन्टरटेनमेन्ट युटुभ च्यानलबाट हालै भिडियो सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोको निर्देशन तथा सम्पादन युवाराज खत्रीले गरेका हुन भने छायाङ्कन सुजन श्रेष्ठले गरेका छन् ।उक्त म्युजिक भिडियोमा कलाकार मुक्ति उप्रेती र सिया क्षेत्रीको उत्कृष्ट अभिनय रहेको छ । सो म्यूनिक भिडियोलाई बजारमा ल्याउन महत्त्वपूर्ण भूमिका आयुब केसीको रहेको गीतकार ई। खतिवडाले उल्लेख गरे । 

आफ्नो अन्य गीतहरूको तुलनामा ‘प्रेम कहानी’को म्युजिक भिडियो उत्कृष्ट बनेको गीतकार ई। खतिवडाले बताए ।  आफ्नो रचनाहरूमध्ये उत्कृष्ट लागेको यो गीत सर्वाधिक रुचाइने दाबी समेत गीतकार ई। खतिवडाको छ । स्मरण रहोस्, उत्कृष्ट कविता, गीत तथा गजल लेखनमा क्रियाशील गीतकार ई. खतिवडा हालै भएको निजामती कर्मचारी सङ्गठनको गजल प्रतियोगितामा समेत दोस्रो भएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार