नेप्से परिसूचक ३२ अंकले बढ्यो !

काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३२ अङ्कले उकालो लागेर २ हजार ५ सय ६८ दशमलव ११ मा पुगेको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ७ दशमलव शून्य ९ अङ्कले उकालो लागेर ४ सय ६० दशमलव शून्य तीनमा पुगेको छ। कुल ३ करोड ५५ लाख ९४ हजार ८ सय ६८ कित्ता शेयर १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार ४९ मूल्यमा कारोबार भयो।

Dengue

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज चार उपसमूहको शेयर मूल्यमा गिरावट अएको छ। नौ उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ। नेप्सेका अनुसार, उपकार लघुवित्त १०, जीवन विकास लघुवित्त र एसियन हाइड्रोपावरको शेयर मूल्यमा समान ९ दशमलव ९९ प्रतिशतले वृद्धि भएको छ।

यस्तै, गणपति लघुवित्त ९ दशमलव ९७ र राष्ट्रिय बीमा कम्पनीका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतले कमाएका छन्। मितेरी डेभलपमेन्ट बैंक ७ दशमलव ६५, माण्डू हाइड्रोपावर चार दशमलव ६८, एसबीएल डिबेञ्चर ३ दशमलव ९२, कालिका पावर कम्पनी ३ दशमलव ८१ र आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले तीन दशमलव ६१ प्रतिशतले गुमाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार