काठमाडौँ : सुदूरपश्चिमका ४ सहित १५ ओटा निर्माण तथा आपूर्तिकर्ता कम्पनीलाई कालो सूचीमा राख्ने प्रक्रिया सुरु भएको छ । सार्वजनिक खरिद अनुगमन कार्यालयलले विभिन्न सार्वजनिक निकायले कालो सूचीमा राख्न सिफारिस गरेपछि प्रक्रिया सुरु गरेको हो
ती कम्पनीहरूले पहिलोपटक ३० दिने सूचना जारी गर्दा स्पष्टीकरण दिएका थिएनन् । स्पष्टीकरण नदिएपछि कालो सूचीमा राख्ने प्रक्रिया अघि बढाइएको छ । अनुगमन कार्यालयले १५ कम्पनीलाई अब ७ दिनभित्र स्पष्टीकरण पेस गर्न अल्टिमेटम दिएको छ भने यो अवधिमा स्पष्टीकरण नदिए कालो सूचीमा पर्नेछन् ।

प्रतिक्रिया दनुहोस्