सौर्यको जहाज दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन

काठमाडौँ । सरकारले बुधबार भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ । विमान दुर्घटनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको मन्त्रिपरिषद्को आकष्मिक बैठकले जाँचबुझ आयोग गठन गरेको हो ।

बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिएका छन् ।

Dengue

रतिशचन्द्र लाल सुमनको नेतृत्वमा गठन गरिएको उक्त जाँचबुझ आयोगमा नेपाल वायु सेवा निगमका क्याप्टेन दिपु ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक कुलदीप भट्टराई र सञ्जय अधिकारी रहेका छन् ।

त्यस्तै, उक्त समितिमा नेपाल नागरिक उड्डयन प्राधिकरणका एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल सदस्य सचिव रहेका छन् । सरकारले गठन गरेको उक्त आयोगलाई विमान दुर्घटनाबारे छानबिन गरी प्रतिवेदन पेश गर्न ४५ दिनको समय दिइएको छ ।

बुधबार बिहान काठमाडौँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरलाइन्सको जहाज रनवे (धावनमार्ग)बाट टेक अफ भएको २० सेकेन्डमै दुर्घटना भएको थियो । जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भइसकेको छ भने जहाजका पाइलट ३७ वर्षीय मनिषरत्न शाक्यको हाल केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार