तरकारी खेतीबाटै वार्षिक १० लाख आम्दानी 

दशरथ भट्ट

कैलाली । कैलालीका नारायण प्रसाद जोशी तरकारी खेतीमा व्यस्त छन् । विगत ४ वर्षदेखि तरकारी खेतीमै रमाइरहेका जोशीले कैलालीको जानकी गाउँपालिका- ८ मा ३ बिगाहा जमिनमा तरकारी खेती गरिरहेका छन् ।

उनले खप्तड कृषि फर्म दर्तासमेत गरेका छन् । सोही कृषि फर्म मार्फत विभिन्न सिजनमा सिजनल र बेसिजनमा बेमौसमी तरकारी खेती गर्दै आएको जोशी बताउँछन् ।

Dengue

‘पहाडिपुरमा खप्तड कृषि फर्म दर्ता छ । ३ बिगाहा जमिनमा पूरै तरकारी खेती गरिरहेको छु’, उनले भने, ‘फर्ममा मौसमी र बेमौसमी दुवै थरीका तरकारी उत्पादन हुन्छ ।’

अहिले तरकारी खेती गरेर आफ्नो परिवार र दैनिक मज्जाले चलाइरहेका जोशी गाउँमा धेरैका लागि प्रेरणाको स्रोत बनेका छन् । तर, आफ्नो सफलताका पछाडि भने परिवारको हौसला र प्रेरणा भएको उनी बताउँछन् । ‘जीवनमा सफल हुन सबैभन्दा ठूलो हात परिवारकै हुँदो रहेछ । मैले पनि परिवारबाट राम्रो साथ पाएको छु’, उनले भने, ‘परिवारकै साथका कारण अहिले निर्धक्कसँग आफ्नो व्यवसाय गरिरहेको छु । पुगिरहेको छ, खुसी पनि छु ।’

वर्षाका कारण जोशीको तरकारी खेतीमा अहिले जताततै पानी जमेको छ । वर्षायाममा पानी जम्ने समस्यासँग राम्रोसँग परिचित जोशीले अहिले आफ्नो तरकारी खेतीमा लौका, घिरौँला, काँक्रा र तितेकरेला लगायतका तरकारी लगाएका छन् । झालमा फल्ने भएकाले यी तरकारीलाई सामान्य पानी जम्मा हुँदा पनि नोक्सानी नहुने जोशीको भनाई छ । 

जोशीले आफ्नो तरकारी खेतीमा उत्पादन गरेका तरकारीहरु सुर्खेत, महेन्द्रनगर र धनगढी लगायतका सहरमा पठाउँदै आएका छन् । तर, अहिले वर्षायामको समय भएकाले उत्पादन भएका तरकारी स्थानीय बजारमै बेच्नुपर्ने बाध्यता रहेको जोशीले बताए । 

‘हुन त हाम्रो कृषि फर्मबाट तरकारी सुर्खेत, महेन्द्रनगर र धनगढी ढुवानी हुन्छ । तर, अहिले वर्षायामको समयमा भएकाले ढुवानीमा समस्या छ’, उनले भने, ‘अहिले यहाँ उत्पादन भएका तरकारी गाउँपालिका भित्रै स्थानीय बजारमा बेचिरहेका छौँ ।’

तरकारी खेतीबाटै वार्षिक १० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको जोशीले बताए । ‘तरकारी खेतीबाटै वार्षिक १० लाखसम्म आम्दानी हुन्छ’, उनले भने, ‘तरकारी व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छ ।’ त्यस्तै, जोशीले अझ स्थानीय सरकारले थप अनुदान तथा बजारीकरणमा सहयोग गर्ने हो भने व्यवसाय विस्तारमा थप सहज हुने बताएका छन् । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार