क्याप्टेन भएर बिहे गर्ने तयारीमा थिए कोपाइलट सुशान्त, बुवाआमालाई विक्षिप्त बनाउँदै अस्ताए

काठमाडौ : सौर्य एयरलायइन्सको बुधबार विहान दुर्घटना भएको जहाजमा चालदलका दुई जना सदस्यसहित १९ जना रहेका थिए । जहाज दुर्घटनामा परेको व्यक्तिहरुमा सौर्य एयरका १७ जना कर्मचारी परेका छन् ।

उक्त जहाज दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवाल क्याप्टेन हुने लाइनमा थिए । २ वर्षअघि मात्रै सौर्य एयरमा कोपाइलटको रोजगारी पाएका कटुवाल दक्षिण अफ्रिकामा पढेर नेपाल फर्किएका थिए । २७ वर्षीय सुशान्त परिवारको एक्लो सन्तान हुन् । बुवा र आमा विराटनगरमा बस्ने गरेका थिए । तर छोरो कोपाइलट भएपछि उनीहरु पनि छोरासँगै बस्न भक्तपुर आएका थिए ।

dashain shuvakamana
Discovery School

पुर्ख्यौली घर ओखलढुंगा भए पनि विराटनगरमा बस्दै आएका कटुवाल परिवार सुशान्त कोपाइलट भए मात्रै भक्तपुर आएको हुन् । कटुवालको घर विराटनगर महानगरपालिका-३ आयल निगमपूर्व उदय मार्गमा रहेको छ । तर केही वर्षयता भने उनीहरुको विराटनगरस्थित घर बन्द अवस्थामा छ ।

उनीहरु दुई वर्षदेखि भक्तपुरमा बस्दै आएका छन् । परिवारका एक्लो छोराको दुर्घटनामा मृत्यु भएको खबर थाहा पाएपछि दाई भाउजुलाई भेट्न भर्खरै काठमाडौं आइपुगेका थिए । 

सुशान्तको मृत्युको खबरपछि बुवाआमा भने मानसिक रुपमा विक्षिप्त र बेहोसी अवस्थामा रहेको आफन्तले बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

90%

दु :खी

0%

अचम्मित

10%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार