काठमाडौँ……
हे दैब के भयो यस्तो मैले के बिगार गरेको थिए ?
जहाज सँगै मेरा सपना र मलाई जिउँदै जलायौ
खरानी बनायौ माटोमा मिसायौ
मत संसार छोडी गए घरपरिवारलाई
बिचल्लीमा पार्यौ दैव अकाल मै मार्यौ ?,
मेरो घर परिवारलाइ यति छिट्टै
कसले खबर गरिदियो?
मेरो श्रीमती ,मेरा छोराछोरी ,
मेरो भाइ मेरि बहिनी ,मेरो घर परिवार
इस्ट्मित्रलाइ अब कस्ले सम्झाउछ?
हे भगवान मेरा घर परिवारलाई
धैर्य धारणगर्न सक्ने क्षेमता दे,,
मेरा बुढा बिमारी बा ‘लाई जहाज दुर्घटनाको
खबर सुनेपछी के हाल भएको होला ?
कता पछारिएका होलान् ?
कसरी बाचेका होलान्?
हे छिमेकी दाईभाई हो
मेरा बा भुइमा पछारिएका छन्
बेहोस् भाछन् उठाइदिनुस्
घाँटी सुकेर ह्याक्क ह्याक्क गर्दै छ्न
घाँटीमा दुइ थोपा पानी हालिदिनुस् !
म माटो भैसके आमा म खरानी भैसके
मेरो बाटो नहेर्नुस् अब म घर आउदिन्
मत यो संसारबाट बिदा भैसके
थाहा हुँदा हुँदै पनि पनि किन मेरै
नाम पुकारेर रुनुहुन्छ?
आमा आफुलाई समाल्नुस्
दुनियाँलाई हेरेर जिउँनु आमा
पिर चिन्ता लिएर के हुनेहो?
आमा हजुर त अलि स्वस्थ हुनुहुन्छ !
मेरा बुढा बा रोगी छन्
आमा तपाईं बुवालाइ सम्झाइदिनुस्
साहास दिनुस् सान्त्वना दिनुस्
किन रुनहुन्छ आमा? ,
आफुलाई कमजोर किन बनाउनुहुन्छ?,
मन दरो पार्नुहोस् !
जिन्दगी यस्तै हो आमा
अब म बोल्दिन
मलाइ नबोलाउनुस्
आमा मलाई बिर्सिदिनु “
अब नसम्झनु
मलाई भुली दिनुस्”!
नेपाली जनता आवाज उठाइदिनुस्
थोत्रा गाडी, जहाज बन्द गराइदिनुस्
सरकार यसरी जनतालाई
अकालमै मर्न बाध्य
नबनाइदिनुस् !
लेखक : पारस भट्ट (प्यासी)
प्रतिक्रिया दिनुहोस्