दोलखा : दोलखाको प्रसिद्ध भीमेश्वको शिलामा पुनः पसिना आएको छ । बुधवार दिउँसो १२:४५ बाट शिलामा पसिना आएको भीमेश्वर मन्दिर गुठि तथा पुजा व्यवस्थापन समितिका कोषाध्यक्ष सुरेश श्रेष्ठले बताउनुभयो ।
गत शनिवार पनि भीमेश्वरको शिलामा दुईपटक पसिना आएको थियो । भीमेश्वको शिलामा पसिना आउँदा मुलुकमा कुनै न कुनै उथलपुथल या अनिष्ट हुने जनविश्वास रहदै आएको छ ।
आफै उत्पति भएको विश्वास रहेको भीमेश्वरको शिलामा १९९० सालबाट अहिलेसम्म २२ पटक पसिना आएको स्थानीय जेष्ठ सदस्यहरूको भनाई छ ।
प्रतिक्रिया दिनुहोस्