अछाममा एक जना फरार प्रतिवादी पक्राउ

अछाम : अछामको मेल्लेख गाउँपालिका-३ का २५ वर्षीय मनराज कामी पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय अछामका अनुसार उनी लोकसेवा आयोग ऐन २०७९ सम्बन्धी कसुर मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका थिए ।

Dengue

उनलाई हिजो इलाका प्रहरी कार्यालय साँफेबगरको टोलीले उनकै घर ठेगानामा फेला पारी पक्राउ गरेको हो । कामीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको अछाम प्रहरीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार