प्रत्यक्षदर्शी भन्छन् : जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए !

काठमाडौं : काठमाडौंबाट पोखरा जाँदै गरेको सौर्य एयरलाइन्सको जहाज आज बिहान ११ बजेर ११ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्र भित्रको पूर्वी भागमा दुर्घटना भएको थियो ।

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाका प्रत्यक्षदर्शीहरूले विमानस्थल परिसर भित्रको कन्टेनरमा बजारिएर दुई टुक्रा भएको र आगो लागेको बताएका छन् ।

Dengue

जहाज ठोक्किएपछि मानिसहरू छरिएका थिए । जहाज भुइँमा बजारिएपछि धुवाँको मुस्लो उठेको र त्यसको केही क्षणमा आगो दन्किएको प्रत्यक्षदर्शीको भनाइ छ ।

विमानमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको छ भने एकजना घाइते छन् । घाइते हुनेमा क्याप्टेन मनिष शाक्य छन् । शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

विमानस्थल स्रोतका अनुसार उक्त जहाजमा एयरलाइन्सका कर्मचारी र कर्मचारीका परिवारका सदस्य थिए । मृत्यु हुनेमा विमानका चार जना व्यवस्थापक छन् । जहाज पोखरामा मर्मतका लागि लगिँदै थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

60%

दु :खी

40%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार