सौर्य एयरलाइन्स दुर्घटनामा छोरा र पत्नीसहित अस्ताए काबिल इन्जिनियर मनुराज

काठमाडौं : विमानस्थलभित्रै दुर्घटनामा परेको सौर्य एअरलाइन्सको जहाजमा सवार एकै परिवारका तीन जनाको मृत्यु भएको छ । जहाजमा सवार मनुराज शर्मा, प्रिजा खतिवडा र अधिराज शर्माको मृत्यु भएको हो ।

उनीहरू एकै परिवार हुन् । मनुराज र प्रिजा श्रीमान्–श्रीमती हुन् भने अधिराज उनीहरूका छोरा हुन् । मनुराज प्राविधिक हुन् । उनी लामो समयदेखि त्यहाँ कार्यरत थिए । प्रिजा ऊर्जा मन्त्रालयमा कार्यरत रहेको बताइएको छ ।  प्राविधिक मनुराज लामो समयका लागि पोखरा जान लागेपछि उनकी पत्नी समेत बच्चासहित सँगै जान लागेकी थिइन् ।

Dengue

बुधबार बिहान काठमाडौँबाट पोखराका लागि उडेको जहाजमा सवार १९ जनामध्ये १८ जनाको मृत्यु भएको नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

88%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार