जहाज दुर्घटनामा क्याप्टेनबाहेक सबैको मृत्यु

काठमाडौं : बुधबार बिहान त्रिभुवन विमानस्थलमा भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीले दिउँसो १ बजे गरेको अपडेटअनुसार बिहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको विमान दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो। १५ जनाको घटनास्थलमै र तीन जनाको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो।

Dengue

जीवितै उद्धार गरिएका क्याप्टेन मनिषरत्न शाक्यको केएमसी अस्पताल सिनामंगलमा उपचार भइरहेको छ र उनी खतरामुक्त छन्। शवहरू परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको प्रहरीले जानकारी दिएको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण खोज तथा उद्धार समन्वय केन्द्रले पनि १८ जनाको शव निकालिएको जानकारी दिएको छ। प्राधिकरणले आफ्नो वेबसाइटमा राखेको विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१ साउन ९ गते तदनुसार २४ जुलाइ २०२४ बुधबारका दि सौर्य एयरलाइन्सको CRJ7 (Reg-9NAME) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ मा पोखरा उडानका क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको, तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्‍याइएको जानकारी गराइन्छ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार