३ महिना अघि जापान गएका बैतडीका जनक अब कहिल्यै घर फर्किने छैनन् !

बैतडी : बैतडीको पाटन नगरपालिका–३का एक युवकको जापानमा निधन भएको छ । बढाईको लागि करिब ३ महिना अघिमात्रै जापान गएका पाटन नगरपालिका ३ का २१ वर्षीय जनक प्रशाद अवस्थीको निधन भएको आफन्तले बताएका छन् । 
अध्ययनको सिलसिलामा जापानको नायोगामा बस्दै आएका अवस्थीको मंगलबार समुद्रमा नुहाउने क्रममा निधन भएको आफन्तले बताएका छन् । 
‘मंगलबार साथीहरुसँग नुहाउन समुद्री किनार गएका रहेछन्, त्यही डुबेर मृत्यु भएको खबर पाएका छु, मलाई पनि बिहान खबर भयो, थप कुरा प्रहरीले अनुसन्धान गरीरहेको बुझेको छु,’ जापानमा रहेका एक आफन्तले बताए ।  
लाखौँ ऋण निकालेर अध्ययनसँगै रोजगारीको अवसरका लागि जापान पठाइएका जनकको परिवार छोराको निधनको खबरले विक्षिप्त  बनेको छ । 

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

92%

दु :खी

0%

अचम्मित

8%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार