दुर्घटनामा परेको जहाजमा थिए १९ जना : क्याप्टेनको जीवितै उद्धार*, शव टिचिङ लगिँदै 

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा दुर्घटनामा परेको जहाजबाट १५* जनाको शव फेला परेको जनाइएको छ । नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता हंसराज पाण्डेका अनुसार जहाजमा १९ जना यात्रु थिए । उनले १५ जनाको शव फेला परेको बताए ।

Dengue
jahaj4-1721804416.JPG

प्रहरीका अनुसार दुर्घटनामा परेको जहाजबाट संकलन गरिएको शव त्रिवि शिक्षण अस्पताल महाराजगंज लगिँदैछ । कलसाइन अल्फा एमई रहेको सौर्य एयरको जहाज आज केहीबेरअघि दुर्घटनामा परेको थियो ।
जहाज उड्न लागेका बेला सन्तुलन बिग्रिएर दुर्घटनामा परेको बताइएको छ ।

jahajsauya-1721804416.JPG

सौर्य एयरका एक उच्च अधिकारीले दिएको जानकारीअनुसार जहाजमा चालक दलका सदस्य र प्राविधिक रहेका थिए । प्राविधिक चेकजाँचका लागि जहाज पोखरा लैजान लागिएको थियो । उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीका अनुसार जहाजका क्याप्टेन मनिष शाक्यलाई उद्धार गरेर अस्पताल पठाइएको छ । 

cchek-1721804415.JPG

उनका अनुसार उपचारका लागि शाक्यलाई केएमसी अस्पताल पठाइएको हो । जीवितै उद्धार गरिएका शाक्य बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ ।  जहाज सी चेकका लागि पोखरा लैजान लागिएको थियो । जहाज ग्राउन्ड छाडिसकेपछि नियन्त्रणबाहिर गएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार